अभद्र व्यवहार मुद्दामा सागर लम्सालमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह

काठमाडौँ, चैत २३ गते । जिल्ला प्रहरी परिसर काठमाडौँले अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका सागर लम्साल माथि अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीका अनुसार “बले” भनेर चिनिने सागर लम्साल लाई २०८२ साल चैत्र २० गते पक्राउ गरिएको हो। उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँ बाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

यसैबीच, घटनासम्बन्धी सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा सञ्चार एजेन्सीको नाममा सञ्चालित एकाउन्टहरूबाट विभिन्न अभिव्यक्ति, धारणा तथा सूचनाहरू सार्वजनिक भइरहेकोप्रति प्रहरीको ध्यानाकर्षण भएको छ।

प्रहरीले अभद्र व्यवहारसम्बन्धी अनुसन्धान जारी रहेको अवस्थामा भ्रामक तथा अप्रमाणित सूचना सम्प्रेषण नगर्न र नगराउन सबैमा आग्रह गरेको छ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पवनकुमार भट्टराईले जारी गरेको विज्ञप्तिमा अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने खालका गलत सूचना फैलिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.