भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

हेटौँडा,बैशाख ६ गते । हेटौँडा उपमहानगरपालिकाको पुरानो तथा उत्कृष्ट नतिजा दिलाउँदै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा नयाँ विषय थप गर्ने भएको छ। विद्यालयले आगामी शैक्षिक वर्ष २०८३/०८४ देखि होटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन सुरु गर्ने निर्णय गरेको हो।

यसअघि विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन विषय अध्यापन हुँदै आएको थियो। अब व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र शिक्षा विषय थप गरिने विद्यालयले जनाएको छ।

आइतबार आयोजित कक्षा १२ का विद्यार्थीहरूको बधाई तथा विदाई कार्यक्रममा सो जानकारी दिइएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले होटल म्यानेजमेन्ट अध्ययनका लागि सुविधा सम्पन्न ल्याबको व्यवस्था गरिने बताए। उनले विद्यालयलाई प्रविधिमैत्री, व्यवहारिक तथा प्रयोगात्मक शिक्षामा केन्द्रित गर्दै समयसापेक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको प्राथमिकता रहेको बताए। उनले स्मार्ट कक्षा, स्मार्ट विद्यालय र प्रविधिमैत्री शिक्षालाई जोड दिँदै शैक्षिक सुधारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कक्षा ११ र १२ संयोजक राम श्रेष्ठ, शिक्षक सरस्वती अधिकारी, विद्यार्थी राधिका थिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। साथै विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कंडेल, सह–प्रधानाध्यापक वेदराज कोइराला, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विदाई कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई सामूहिक फोटो मायाको चिनोका रूपमा प्रदान गर्दै आगामी परीक्षाका लागि शुभकामना दिइएको थियो।

यसैबीच, हालै सम्पन्न नगरस्तरीय परीक्षामा कक्षा ८ मा विद्यालयले उत्कृष्ट नतिजा ल्याउँदै चार जना विद्यार्थीले ४.० GPA हासिल गर्न सफल भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.