Day: २०८३ बैशाख ६, आईतवार २२:४८

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै

७२ वर्ष पुरानो कान्ति लोकपथ निर्माणमा तीव्रता: कालोपत्रे सहित स्तरोन्नतिको काम अगाडि बढ्दै

हेटौँडा,बैशाख ६ गते । काठमाडौं–हेटौडा जोड्ने नेपालको ऐतिहासिक तथा पुरानो व्यापारिक मार्ग कान्ति लोकपथको निर्माण तथा स्तरोन्नति कार्य पछिल्लो समय तीव्र रूपमा अगाडि बढाइएको छ। सन् १९५४ (करिब ७२ वर्षअघि) निर्माण सुरू गरिएको यस सडकले विगतमा काठमाडौंलाई पूर्वी नेपाल तथा भारतको सीमावर्ती क्षेत्र रक्सौलसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको थियो। सुरूवाती चरणमा टीकाभैरव–हेटौडा नामले चिनिने यो सडक हाल पनि छोटो दूरी (७९ किलोमिटर) मार्फत हेटौडा र काठमाडौंलाई जोड्ने सम्भावनायुक्त मार्गका रूपमा परिचित छ। तर, यति लामो समय बितिसक्दा पनि सडक पूर्ण रूपमा सम्पन्न हुन नसकेको अवस्था रहेको छ। हाल भने सडकको स्तरोन्नति, कालोपत्रे तथा अन्य भौतिक पूर्वाधार विकासका कामहरू तीव्र गतिमा…
Read More
बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

बकैया गाउँपालिका,बैशाख ६ गते । बकैया गाउँपालिका वडा नम्बर १ मा उज्यालो पार्टी नेपालले वडा स्तरमा संगठन विस्तार गरेको छ। आइतबार सम्पन्न कार्यक्रममार्फत काजीमान पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरिएको हो। नवगठित समितिमा स्थानीय कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको पार्टीले जनाएको छ। कार्यक्रम उज्यालो पार्टी नेपालका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने जिल्ला उपाध्यक्ष उत्तम गोम्जा विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने उद्देश्यले वडा स्तरमा संगठन विस्तारलाई तीव्रता दिइएको बताए। उनले नवगठित समितिलाई जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गरे। त्यसैगरी, जिल्ला उपाध्यक्ष गोम्जाले पार्टीप्रति…
Read More
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

हेटौँडा,बैशाख ६ गते । हेटौँडा उपमहानगरपालिकाको पुरानो तथा उत्कृष्ट नतिजा दिलाउँदै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा नयाँ विषय थप गर्ने भएको छ। विद्यालयले आगामी शैक्षिक वर्ष २०८३/०८४ देखि होटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन सुरु गर्ने निर्णय गरेको हो। यसअघि विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ र व्यवस्थापन विषय अध्यापन हुँदै आएको थियो। अब व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र शिक्षा विषय थप गरिने विद्यालयले जनाएको छ। आइतबार आयोजित कक्षा १२ का विद्यार्थीहरूको बधाई तथा विदाई कार्यक्रममा सो जानकारी दिइएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले होटल म्यानेजमेन्ट अध्ययनका लागि सुविधा सम्पन्न ल्याबको व्यवस्था…
Read More
नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

नवीन सिग्देलको गुनासो: “बिदाको दिन पनि सेवा खोज्ने नागरिक, जनप्रतिनिधिमाथि बढ्दो दबाब”

हेटौँडा, वैशाख ६ गते । नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्यले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसले जनप्रतिनिधि र नागरिकबीचको अपेक्षा तथा वास्तविकताको अन्तर उजागर गरेको छ। आइतबार, बिदाको दिनसमेत आफूले निरन्तर तीनवटा प्रतिनिधिमूलक फोन आएको उल्लेख गर्दै उनले जनतासँग प्रत्यक्ष सेवा प्रवाह गर्ने क्रममा भोग्नुपरेका चुनौतीहरू सार्वजनिक गरेका हुन्। उनका अनुसार पहिलो फोन मृत्यु दर्ता सम्बन्धी थियो। एक सेवाग्राहीले तत्काल काठमाडौँ जानुपर्ने भन्दै बिदाको दिनमै कार्यालय खोलेर सेवा दिन आग्रह गरेका थिए। तर वडाध्यक्ष सिग्देलले बिदा भएको कारण भोलिपल्ट आउन अनुरोध गर्दा सेवाग्राही असन्तुष्ट भएका थिए। दोस्रो फोन सडक बत्ती मर्मतसम्बन्धी थियो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.