बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

बकैया गाउँपालिका,बैशाख ६ गते । बकैया गाउँपालिका वडा नम्बर १ मा उज्यालो पार्टी नेपालले वडा स्तरमा संगठन विस्तार गरेको छ। आइतबार सम्पन्न कार्यक्रममार्फत काजीमान पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरिएको हो।

नवगठित समितिमा स्थानीय कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको पार्टीले जनाएको छ। कार्यक्रम उज्यालो पार्टी नेपालका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने जिल्ला उपाध्यक्ष उत्तम गोम्जा विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने उद्देश्यले वडा स्तरमा संगठन विस्तारलाई तीव्रता दिइएको बताए। उनले नवगठित समितिलाई जनताको अपेक्षा अनुसार काम गर्न आग्रह गरे।

त्यसैगरी, जिल्ला उपाध्यक्ष गोम्जाले पार्टीप्रति जनविश्वास बढाउँदै संगठन सुदृढीकरणमा सक्रिय हुन नवसमितिलाई निर्देशन दिए।

यसअघि नै उज्यालो पार्टी नेपालले जिल्ला तहमा पनि नेतृत्व चयन गरिसकेको छ। पार्टीले उत्तम गोम्जालाई जिल्ला उपाध्यक्ष र अमिना घिसिङलाई जिल्ला सहसचिवको जिम्मेवारी प्रदान गरिसकेको जानकारी दिएको छ।

वडा स्तरमा संगठन विस्तारसँगै पार्टीले आगामी दिनमा आफ्नो गतिविधि अझ प्रभावकारी बनाउने विश्वास लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

बकैया–१ मा उज्यालो पार्टी नेपालको वडा कमिटी विस्तार, काजीमान पाख्रिन अध्यक्ष चयन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.