चखेल,बैशाख १५ गते । इन्द्रसरोवर गाउँपालिका–५ चखेलमा उज्यालो नेपाल पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। आज आयोजित कार्यक्रममा ३९ सदस्यीय नयाँ समिति गठन गरिएको हो।
एलोन वाइबाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीको स्थानीय संगठनलाई सुदृढ बनाउने उद्देश्यले समिति विस्तार गरिएको बताइएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव जितराम वाइबा उपस्थित रहेका थिए। त्यसैगरी, प्रदेश अध्यक्ष प्रविन बल, जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संगठन विस्तारसँगै जनताको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने र पार्टीलाई तल्लो तहसम्म सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।














