भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

दोलखा,बैशाख १८ गते । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले संस्कृति तथा पर्यटन मन्त्रालय सँगको सहकार्यमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण तथा पर्यटकीय स्थल पहुँच परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त पर्यटनको प्रवर्द्धन गर्नु, उनीहरूको भूमिका अभिवृद्धि गर्नु तथा पर्यटकीय स्थलहरूको पहुँच अवस्थाको मूल्यांकन गरी सुधारका लागि सिफारिससहित प्रतिवेदन तयार गर्नु रहेको छ।

उक्त कार्यक्रम भीमेश्वर नगरपालिकामा सञ्चालन गरिएको छ। कार्यक्रम उपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख ईश्वर नारायण मानन्धर को उपस्थिति रहेको छ।

प्रमुख अतिथि मानन्धरले भीमेश्वर नगरपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूलाई सबैका लागि सहज, सुरक्षित र पहुँच योग्य बनाउन आवश्यक रहेको बताएका छन्। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई पर्यटन क्षेत्रमा समान अवसर र सहभागिता सुनिश्चित गर्न स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले पर्यटन क्षेत्रलाई थप समावेशी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

कार्यक्रममा नगर उप-प्रमुख कमला बस्नेत, वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ तथा वडा नं. ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता तारानाथ चौलागाई लगायत विभिन्न जिल्लाहरू—सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकबाट आएका पर्यटनसम्बन्धी सरोकारवाला संघसंस्था तथा अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।

कार्यक्रमलाई किर्तन श्रेष्ठ दुवाल र इन्जिनियर निरन्जन लामाछानेले सहजीकरण गरेका छन्।

कार्यक्रमअन्तर्गत भीमेश्वर मन्दिर को पहुँच परीक्षण गरिएको छ। साथै, ऐतिहासिक स्थलहरूको पहुँच अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ। कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा, पहुँचयुक्तता, पहुँचयुक्त पर्यटनका कानुनी प्रावधान, चुनौती र सम्भावना तथा सरोकारवालाहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको छ।

यसका साथै सहभागीहरूका लागि पर्यटकीय स्थल अवलोकन भ्रमणसमेत आयोजना गरिएको छ, जसले व्यवहारिक रूपमा पहुँचयुक्तताको अवस्थाबारे जानकारी लिन सहयोग पुर्‍याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय स्थल निर्माणमा जोड

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.