“स्वच्छ खानेपानी र सरसफाइ विकासको आधार” : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औँ वार्षिकोत्सवमा मेयर लामाको जोड

हेटौँडा,जेठ ८ गते। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले स्वच्छ खानेपानी र सरसफाइलाई विकासको मुख्य पूर्वाधारका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।

 

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औँ वार्षिकोत्सव समारोह–२०८३ का अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गर्दै प्रमुख लामाले हेटौंडा उपमहानगरभित्र स्वच्छ र सफा खानेपानीको सहज व्यवस्थापनका लागि नगरपालिका, खानेपानी व्यवस्थापन बोर्ड तथा खानेपानी उपभोक्ता समितिहरूबीच सहकार्य भइरहेको उल्लेख गरेकी हुन् ।

उनले “विकासको पूर्वाधार स्वच्छ खानेपानी तथा सरसफाइ” भन्ने नारासहित स्वच्छ पानीको पहुँच विस्तारलाई नगरको प्राथमिकतामा राखिएको बताइन् । नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी व्यवस्थापनमा उपभोक्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै हेटौंडावासीले दिएको सहयोग र सहभागिताप्रति आभार व्यक्त गरिन् ।

प्रमुख लामाले गुणस्तरीय खानेपानी सेवा विस्तार, सरसफाइ प्रवर्द्धन तथा दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको पनि जनाएकी छन् ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले विगत १३ वर्षदेखि नगर क्षेत्रमा खानेपानी वितरण तथा व्यवस्थापनमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.