२०८२ श्रावण २, शुक्रबार १२:५५
२०८२ श्रावण २, शुक्रबार १२:५५
हेटौँडा। नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। हरेक वर्ष हजारौँ युवाहरू सुनौलो भविष्यको खोजीमा विदेशिने क्रम जारी छ। गत आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कले पनि यसै तथ्यलाई उजागर गरेको छ, जहाँ ८ लाख ३९ हजार २ सय ७० श्रम स्वीकृति प्रदान गरिएको छ। यो सङ्ख्याले वैदेशिक रोजगारीप्रतिको आकर्षण र यसमा आश्रित परिवारको सङ्ख्यालाई प्रस्ट्याउँछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको एक वर्षे प्रगति विवरण अनुसार, कुल श्रम स्वीकृतिमध्ये ५ लाख ५० हजारले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ३३ हजार पुनः श्रम स्वीकृतिमा जोडिएका छन्। यसको अर्थ, वैदेशिक रोजगारीमा जानेहरूमध्ये ६० प्रतिशत नयाँ…