२०८२ भाद्र २७, शुक्रबार ११:३२
२०८२ भाद्र २७, शुक्रबार ११:३२
हेटौडा, भदौ २७ गते । नेपालको राजनीतिक इतिहासमा हाल अभूतपूर्व टर्निङ पोइन्ट आएको छ। जेन जि पुस्ताले भाद्र २३ गते गरेको जनआन्दोलनमा २० जनाभन्दा बढीले ज्यान गुमाएपछि देशको नेतृत्व कसलाई दिने भन्ने विषय अहिले प्रमुख बहसको केन्द्रमा छ। युवापुस्ताको आन्दोलनले पुरानो नेतृत्वप्रति असन्तोष प्रकट गरेको भए पनि अबको दिशानिर्देशन कसले गर्ने भन्ने प्रश्नले आन्दोलनकारीहरूलाई दुई भागमा विभाजित बनाएको छ। कोही धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई अगाडि सार्नुपर्ने पक्षमा छन् भने कोही काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) वा पूर्व विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अघि बढाउनुपर्ने तर्क गर्छन्। अर्को धारले भने पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिनुपर्ने प्रस्ताव अघि…