२०८२ आश्विन २५, शनिबार १९:४१
२०८२ आश्विन २५, शनिबार १९:४१
भीमफेदी, अशोज २५ गते । भीमफेदी गाउँपालिकामा हर्क साम्पाङ ‘अ रेभुलेसन श्रम संस्कृति पार्टी’ले आफ्नो सांगठनिक संगठन विस्तार गरेको छ। शनिबार सम्पन्न संगठन विस्तार कार्यक्रममा दिपेन्द्र पुडासैनीलाई संयोजकका रूपमा चयन गरिएको छ भने मदन सिंह सिन्तान र गोविन्द पुडासैनीलाई सल्लाहकारका रूपमा चयन गरिएको पार्टी स्रोतले जनाएको छ। पार्टीले पछिल्लो समयमा मकवानपुर जिल्लाभर श्रम, माटो र स्वाभिमानलाई जोड्ने अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। “देशको विकास माटो र श्रमसँग जोडिनुपर्छ” भन्ने नारा अघि सार्दै पार्टीले भीमफेदी बजार क्षेत्रमा पार्टीका सदश्यहरुको बिशेष उपस्थितिसँगै सरसफाई अभियान समेत सञ्चालन गरेको छ। कार्यक्रमका संयोजक दिपेन्द्र पुडासैनीले भने, “हामीले फोहोर मैला व्यवस्थापन र सफा वातावरण सिर्जना…