Day: २०८२ कार्तिक ८, शनिबार २३:१६

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

नवलपरासी, कार्तिक ८ गते । मकवानपुरको भिमफेदी कारागारबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका २८ वर्षीय नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मृतक कुमाल चितवनको कालिका नगरपालिका–४ पदमपुरका बासिन्दा हुन्। उनी बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए र सो सजाय भोग्दै आएका बेला आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अधिकारीहरूले जनाएका छन्।
Read More
श्रद्धा र भक्तिभावसहित देशभर छठ पर्व सुरु, मकवानपुरमा विशेष तयारी

श्रद्धा र भक्तिभावसहित देशभर छठ पर्व सुरु, मकवानपुरमा विशेष तयारी

हेटौंडा, कार्तिक ८ गते । सूर्य उपासना र पवित्रता प्रतीक छठ पर्व आजदेखि नहाय–खाय विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी आत्मशुद्धि गर्ने र अरवा अर्बाईन भोजन ग्रहण गरेर व्रतको प्रारम्भ गर्ने परम्परा रहिआएको छ । छठ पर्वको पहिलो दिनलाई नहाय खाय भनिन्छ । यस दिन व्रतालुहरूले शरीर र मन पवित्र बनाई अन्न शुद्ध गरेर पकाएको प्रसाद ग्रहण गर्छन् । दोस्रो दिन अर्थात् खरनामा व्रतालु महिलाहरूले चामल, सक्खर र दूध मिसाएर खीर बनाएर सूर्यदेवलाई अर्पण गरी प्रसाद ग्रहण गर्छन् । तेस्रो दिन साँझको समयमा अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ, जसलाई सन्ध्या…
Read More
नवलपुरमा बिरामी गैंडा मृत फेला, यो सिजनमा पाँचौं गैंडाको मृत्यु

नवलपुरमा बिरामी गैंडा मृत फेला, यो सिजनमा पाँचौं गैंडाको मृत्यु

नवलपुर, कार्तिक ८ गते । नवलपुरको देवचुली–१७ स्थित आँपको बगैंचामा करिब ३० देखि ३२ वर्ष उमेरकी पोथी गैंडा मृत अवस्थामा फेला परेकी छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार उक्त गैंडा केही समयदेखि बिरामी थिइन् र नियमित उपचार भइरहेको थियो। उपचारका क्रममा नै उनको मृत्यु भएको अनुमान गरिएको छ। निकुञ्जका अनुसार घटनास्थलमा गैंडाको खाग र खुर सुरक्षित अवस्थामा भेटिएको छ। यो सिजनमा मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ। हाल निकुञ्जमा ६ सय ९४ वटा एकसिंगे गैंडा रहेका छन्।
Read More
काठमाडौं महानगरले छठ पर्वका लागि आठ स्थानमा विशेष व्यवस्था

काठमाडौं महानगरले छठ पर्वका लागि आठ स्थानमा विशेष व्यवस्था

काठमाडौँ, कार्तिक ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व भव्यरूपमा मनाउन उपत्यकाका विभिन्न आठ स्थानमा विशेष व्यवस्था गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब अगाडि, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटलाई छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा तयारी गरिएको जानकारी दिएको छ। उनका अनुसार यी स्थलहरूमा केही दिनदेखि सरसफाइ अभियान चलाइँदै आएको छ। पाण्डेले भक्तजनलाई छठ घाटका वरिपरि सवारी साधन पार्किङ नगर्न र कुनै समस्या परे महानगरसँग सम्पर्क गर्न आग्रह गरे। साथै, तोकिएका स्थानहरूमा श्रद्धालुहरूबाट कुनै शुल्क असुल्न नपाइने स्पष्ट पारेका छन्। छठ पर्वका क्रममा…
Read More
माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

काठमाडौँ, कार्तिक ८ गते । राजधानीको माइतीघरमा स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका ७६ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहानदेखि माइतीघर मण्डलमा भेला भएका प्रदर्शनकारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले नियन्त्रणमा लिएर सोधपुछका लागि पक्राउ गरेको हो। प्रहरीले जनाएका अनुसार, प्रशासनको अनुमति विना प्रदर्शन गर्न खोजिएको र अन्य समूहसँग सम्भावित मुठभेडको आशंका रहेकाले सुरक्षाका दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये ३६ जना महिला र ४० जना पुरुष रहेका छन्। जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेपनि अनुमति नपाएको बताएको छ। प्रहरीका अनुसार, सोधपुछपछि परिस्थितिअनुसार थप निर्णय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.