२०८२ कार्तिक ११, मंगलवार २०:५६
२०८२ कार्तिक ११, मंगलवार २०:५६
भक्तपुर, कात्तिक ११ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले मंगलबार भक्तपुरको नगरकोटस्थित प्रहरी प्रभागको नवनिर्मित भवनको औपचारिक रूपमा उद्घाटन गरेको छ। उद्घाटन कार्यक्रममा आईजीपी खापुङ्गले भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका छन्। सो अवसरमा उनले भवनको अवलोकन गर्दै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए। महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना नभई आम नागरिकको प्रहरी प्रतिको विश्वास र अपेक्षाको प्रतीक रहेको बताएका छन्। उनले भवनले प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विश्वास व्यक्त गर्दै प्रहरी र नागरिक बीचको सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउनेमा आशा व्यक्त गरेका छन् । “नेपाल प्रहरी कानून…