कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

भक्तपुर, कार्तिक ११ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फारम बुझाउने म्याद थप गरेको छ।

यसअघि प्रकाशित कार्यतालिका अनुसार मिति २०८२ कार्तिक १५ गतेसम्म बिलम्ब शुल्कबिनै प्रति विद्यार्थी रु ४०० र कार्तिक मसान्तसम्म बिलम्ब शुल्कसहित प्रति विद्यार्थी रु ८०० का दरले फारम बुझाउने व्यवस्था गरिएको थियो। तर, कक्षा १० (एसइइ) को पूरक परीक्षाका प्रमाणपत्र विद्यालयमा समयमै उपलब्ध नहुँदा म्याद थप गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

नवीन व्यवस्थाअनुसार अब विद्यार्थीहरूले मिति २०८२ कार्तिक मसान्तसम्म बिलम्ब शुल्कबिनै प्रति विद्यार्थी रु ४०० तिरेर फारम बुझाउन सक्नेछन्। त्यसपछि मङ्सिर ७ गतेसम्म बिलम्ब शुल्कसहित प्रति विद्यार्थी रु ८०० का दरले रकम राष्ट्रिय परीक्षा बोर्डको बैंक खातामा दाखिला गरी मङ्सिर १० गतेभित्र अनलाइन इन्ट्रीसहित सम्बन्धित बोर्ड कार्यालयमा फारम बुझाउन सकिनेछ।

परीक्षा नियन्त्रण कार्यालयले बोर्डका सम्पूर्ण कार्यालयहरूलाई आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयहरूलाई यस सूचना बमोजिम जानकारी गराई आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.