Day: २०८२ कार्तिक १५, शनिबार १३:४४

भरतपुरको टिकौली जंगलमा भीषण दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

भरतपुरको टिकौली जंगलमा भीषण दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवन, कार्तिक १५ गते । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब पौने २ बजे भएको भीषण सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन्। गौर र जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेका दुई यात्रुबाहक बस (डल्फिन र रुद्राक्ष) इँटा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। चितवन जिल्ला प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था मध्यम गम्भीर रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर सरकारी अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनामा परेका घाइतेहरू धनुषा, रौतहट, महोत्तरी, उदयपुर तथा भारतका विभिन्न स्थानका रहेका छन्। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूले रातभर उद्धार कार्यमा खटिएर घाइतेहरूलाई अस्पताल पुर्‍याएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.