भरतपुरको टिकौली जंगलमा भीषण दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवन, कार्तिक १५ गते । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब पौने २ बजे भएको भीषण सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन्। गौर र जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेका दुई यात्रुबाहक बस (डल्फिन र रुद्राक्ष) इँटा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

चितवन जिल्ला प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था मध्यम गम्भीर रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर सरकारी अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनामा परेका घाइतेहरू धनुषा, रौतहट, महोत्तरी, उदयपुर तथा भारतका विभिन्न स्थानका रहेका छन्। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूले रातभर उद्धार कार्यमा खटिएर घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.