२०८२ माघ १३, मंगलवार १९:२५
२०८२ माघ १३, मंगलवार १९:२५
हेटौंडा, माघ १३ गते । हेउँनपा–१६ र १७ मा अवस्थित शिवम सिमेन्ट उद्योगबाट उत्पन्न ध्वनि प्रदूषण, धुलो र धुवाँका कारण स्थानीय बासिन्दा तथा नजिकै रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत कलिला बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै सामाजिक अभियान्ता तथा सेवा, सहयोग र आवाजका अध्यक्ष विशाल राज महतले कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा अध्यक्ष महतले यस विषयमा आफूहरू चुप नलागेको र निरन्तर खबरदारी गर्दै आएको स्पष्ट पारेका छन्। उनका अनुसार यसअघि शिवम सिमेन्ट उद्योगका प्रतिनिधिसँग दुई पटक छलफल भए पनि पीडित स्थानीय, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा लाइभ बार्ता गर्ने सहमति कार्यान्वयन हुन सकेको छैन। हालसम्म पनि…