हेटौंडा, असार २९ गते । जनपथ प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) पदबाट प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) पदमा बढुवा भई यस कार्यालयमा पदस्थापना भएका प्रहरी नायव निरीक्षक निर्दोष लामालाई सोमबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार बढुवा भएका प्र.ना.नि. लामालाई यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रममा निमित्त कार्यालय प्रमुख काफ्लेले बढुवा प्राप्त प्र.ना.नि. लामालाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनप्रतिको उच्च व्यावसायिकता, इमानदारी, अनुशासन र जिम्मेवारीलाई आत्मसात् गर्दै प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएका थिए।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी निरीक्षकसहित अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।














