२०८३ असार १२, शुक्रबार २३:३३
२०८३ असार १२, शुक्रबार २३:३३
हेटौँडा,असार १२ गते। लागूऔषध दुरुपयोग तथा ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस “जुन २६” को अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। “लागूऔषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो रोजौं” भन्ने नारासहित बिहीबार बिहान ६ः३० बजे कार्यक्रम आयोजना गरिएको हो। तालुक जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडा बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल, नगर प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सरकारी तथा निजी विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।…