Day: २०८३ असार १७, बुधबार २२:०७

मकवानपुरमा शनिबार जिल्लास्तरीय फुलकन्टयाक्ट क्योकुशिन कराँते प्रतियोगिता हुँदै

मकवानपुरमा शनिबार जिल्लास्तरीय फुलकन्टयाक्ट क्योकुशिन कराँते प्रतियोगिता हुँदै

हेटौंडा, असार १७ गते । मकवानपुर जिल्लामा दोस्रो संस्करणको जिल्लास्तरीय फुलकन्टयाक्ट क्योकुशिन कराँते प्रतियोगिता आयोजना हुने भएको छ। मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (आईकेओ) को आयोजनामा शनिबार हेटौंडा–४ पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। संघका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठ का अनुसार प्रतियोगितामा जिल्लाभित्रका ६ वटा डोजोबाट करिब १ सय ३० जना खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा हेटौंडा–१३ वनस्पतीस्थित हेटौंडा डोजो, हेटौंडा–१४ उत्तरपानी डोजो, हेटौंडा–१८ हर्नामाडीस्थित हर्नामाडी डोजो तथा हेटौंडा–१९ बस्तीपुर डोजोलगायतका डोजोबाट महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताको आर्थिक व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिका समक्ष सहयोग प्रस्ताव राखिएको आयोजकले जनाएको छ। साथै पूर्व खेलाडी, खेलप्रेमी तथा युवा…
Read More
त्रिपालबिनै कच्चापदार्थ बोकेको ट्रक हेटौंडामा ट्राफिक नियन्त्रणमा

त्रिपालबिनै कच्चापदार्थ बोकेको ट्रक हेटौंडामा ट्राफिक नियन्त्रणमा

हेटौंडा, असार १७ गते । त्रिभुवन राजमार्ग अन्तर्गत भीमफेदी–हेटौंडा सडकखण्डमा त्रिपाल नछोपेर कच्चापदार्थ ढुवानी गरिरहेको एक मालबाहक ट्रकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार बुद्धचोक क्षेत्रमा म.प्र. ०१००१ ख ०३७७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। उक्त ट्रकले शिवम् सिमेन्ट उद्योगका लागि कच्चापदार्थ बोकेको भए पनि सुरक्षा मापदण्डअनुसार त्रिपाल प्रयोग नगरी सडकमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार त्रिभुवन राजमार्गको उक्त खण्ड अत्यधिक व्यस्त सडक भएकाले यस्ता लापरबाहीले दुर्घटनाको जोखिम बढाउने गर्दछ। विशेषगरी दुईपाङ्ग्रे सवारी, यात्रुबाहक गाडी तथा एम्बुलेन्सको उच्च आवागमन हुने क्षेत्रमा खुला रूपमा कच्चापदार्थ ढुवानी गर्दा धुलो,…
Read More
बालमैत्री शहर घोषणाको प्रभाव : हेटौंडाका किशोर रेडियो कार्यक्रम सञ्चालक बन्दै

बालमैत्री शहर घोषणाको प्रभाव : हेटौंडाका किशोर रेडियो कार्यक्रम सञ्चालक बन्दै

हेटौंडा, असार १७ गते । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री शहर घोषणा गर्दा आलोचना र खिसीट्युरीसमेत सहनुपरेको भए पनि त्यसको सकारात्मक प्रभाव अहिले देखिन थालेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताएकी छन्। मेयर लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नगरले बालबालिकाको क्षमता विकासका लागि शिक्षा, तालिम तथा विभिन्न अवसरहरू सिर्जना गर्दै आएको उल्लेख गरेकी छन्। उनले बालमैत्री शहर घोषणापछि नगर बालबालिकाका सवालमा अझ सचेत र गम्भीर बनेको बताइन्। नगरपालिकाले पत्रकारिता, रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको र त्यही तालिमबाट लाभ लिएका विकल्प अर्याल अहिले रेडियो कार्यक्रम सञ्चालक बनेको मेयर लामाले जानकारी दिइन्। उनका अनुसार अर्यालले हाल रेडियो थाहा सञ्चार…
Read More
हेटौंडा नगरभित्र सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन

हेटौंडा नगरभित्र सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन

हेटौंडा, असार १७ गते । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान नेतृत्वको टोलीले हेटौंडा नगरभित्र सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा महिलामैत्री पार्क, प्रगति माध्यमिक विद्यालय भवन निर्माण, तामाङ सङ्ग्रहालय तथा टोनी हेगन पार्कलगायतका योजनाहरूको निर्माण प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाबारे अवलोकन गरिएको थियो। स्थलगत अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितघनसहित सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा लगायत अन्य प्रतिनिधि तथा सरोकारवाला पक्षहरूको पनि उपस्थिति रहेको थियो। अनुगमन टोलीले हेटौंडा नगरभित्र सञ्चालन भइरहेका विकास निर्माणका योजनाहरूको वर्तमान अवस्था, कार्यान्वयन प्रक्रिया तथा आगामी कार्ययोजनाबारे जानकारी लिएको थियो। कार्यक्रममा निर्माणाधीन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.