२०८३ असार ३२, बिहीबार २३:११
२०८३ असार ३२, बिहीबार २३:११
हेटौंडा, असार ३२ गते । दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। हेटौंडा उपमहानगरपालिकाले सुरुङको संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धन गर्ने उद्देश्यले समितिसँग जिम्मेवारी हस्तान्तरण सम्बन्धी सम्झौता गरेको हो। सम्झौतापत्रमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गरेका छन्। ऐतिहासिक महत्व बोकेको चुरियामाई सुरुङ तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको शासनकालमा वि.सं. १९७२ (सन् १९१५) मा निर्माण सुरु भई वि.सं. १९७४ (सन् १९१७) मा सम्पन्न भएको बताइन्छ। करिब दुई वर्ष लगाएर निर्माण गरिएको यो सुरुङ करिब ५०० मिटर…