मकवानपुरमा १०९ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ, पिकअप गाडी समेत नियन्त्रणमा

हेटौंडा, असार ३१ गते । मकवानपुर प्रहरीले १०९ किलो ९६ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप गाडीलाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको १५ वटा पोकाभित्र प्रतिबन्धित लागूऔषध गाँजा १०९ किलो ९६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा धादिङको गजुरी नगरपालिका–७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ (चालक) र सोही स्थानका १९ वर्षीय ईरोज तामाङलाई पक्राउ गरिएको छ।

प्रहरीले गाँजा र प्रयोग गरिएको योद्धा पिकअप गाडी बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.