बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

हेटौंडा, असार ३२ गते । भीमफेदी गाउँपालिका अन्तर्गत बागझोरा क्षेत्रमा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्डमा सवारी आवागमन तत्कालका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त क्षेत्रमा खोलाको बहाव बढ्दै गएपछि सवारी सञ्चालन जोखिमपूर्ण बनेको भन्दै सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै जोखिमयुक्त अवस्थामा यात्रा नगर्न र सम्बन्धित निकायबाट थप सूचना जारी नभएसम्म उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरिएको छ।

वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.