Day: २०८३ श्रावण ४, सोमबार १५:१४

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

हेटौंडा, साउन ४ गते । काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी पुलको मर्मत सम्पन्न भएपछि आइतबारदेखि उक्त मार्गमा सवारीसाधनको आवागमन पुनः सुचारु भएको छ। हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी हुँदै काठमाडौं जोड्ने यस महत्वपूर्ण वैकल्पिक सडकमा रहेको जीर्ण फलामे पुलको मर्मत कार्य सम्पन्न भएसँगै यात्रु र सवारी चालकले सहज रूपमा आवतजावत गर्न थालेका छन्। वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रमुख नवीन सिंहका अनुसार असार २७ गतेदेखि सुरु गरिएको पुल मर्मतको काम करिब एक सातामै सम्पन्न गरिएको हो। मर्मत कार्य चलिरहँदा सवारीसाधनलाई पुलमुनि खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सनमार्फत सञ्चालन गरिएको थियो। निर्देशनालयका अनुसार मर्मतका क्रममा भैंसे–भीमफेदी सडकखण्डमा प्रयोगविहीन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.