Day: २०८३ भाद्र ४, बिहीबार २२:२९

मकवानपुरगढीमा होमपाईप बोकेको ट्रक भिरमा खस्यो, चालकले हामफालेर जोगाए ज्यान

मकवानपुरगढीमा होमपाईप बोकेको ट्रक भिरमा खस्यो, चालकले हामफालेर जोगाए ज्यान

मकवानपुरगढी, भदौ ४ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडाको घुम्तीमा होमपाईप बोकेको ट्रक दुर्घटनामा परेको छ। बिहीबार बिहान करिब ७ बजे कान्तिलोकपथ सडकखण्डमा ना.१ क ८५३६ नम्बरको ट्रक सडकबाट करिब १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटको चन्द्रपुरबाट तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत महादेवटारतर्फ होमपाईप लोड गरेर जाँदै गरेको ट्रक ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकबाट भिरमा खसेको हो। दुर्घटनाका क्रममा ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ निवासी ३६ वर्षीय धनबहादुर विकले ट्रकबाट हामफालेर आफ्नो ज्यान जोगाएका छन्। ट्रकमा चालक विक मात्रै सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट जितपुर…
Read More
राप्रपा विवादकै बीच किरण थापा मगर बागमतीको मुख्यमन्त्री नियुक्त

राप्रपा विवादकै बीच किरण थापा मगर बागमतीको मुख्यमन्त्री नियुक्त

हेटौंडा, भदौ ४ गते। नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार बिहीबार थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापा मगरले एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनको दाबीमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको उल्लेख थियो। यद्यपि, राप्रपाले थापा मगरलाई समर्थन गर्ने विषयमा पार्टीको आधिकारिक निर्णय नरहेको स्पष्ट पारेको थियो। राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनको गणितीय चलखेलमा सहभागी नहुने पार्टी निर्णयविपरीत प्रदेश संसदीय दलबाट समर्थन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.