२०८३ कार्तिक १८, बुधबार २३:१४
२०८३ कार्तिक १८, बुधबार २३:१४
हेटौँडा, कार्तिक १८ गते । चुनावमा पटक–पटक पराजित भए पनि जनताको सेवाबाट आफू कहिल्यै पछि नहटेको बताएका सामाजिक अभियन्ता तथा ‘सेवा, सहयोग र आवाज’ संस्थाका अध्यक्ष विशालराज महतले अब हेटौँडा उपमहानगरपालिकाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन्। महतले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै चुनावी हारलाई एउटा परिणामका रूपमा व्याख्या गरेका छन्। पदमा नरहे पनि जनताको दुःख, समस्या र अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उनको भनाइ छ। उनले हेटौँडा अस्पताल, जिल्ला प्रहरी कार्यालय, प्रशासन, नगरपालिका, मालपोतलगायतका सरकारी कार्यालयमा सर्वसाधारणका समस्या लिएर पुग्ने, बिरामीलाई सहयोग गर्ने, अन्यायमा परेकाहरूको पक्षमा आवाज उठाउने तथा अनियमितताविरुद्ध खबरदारी गर्ने कामलाई आफ्नो नियमित दैनिकी बनाएको उल्लेख…