२०८३ कार्तिक ३०, सोमबार १२:३७
२०८३ कार्तिक ३०, सोमबार १२:३७
चित्लाङ, कार्तिक ३० गते । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेशजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ओसार-पसारमा प्रयोग भएको एउटा एसयूभी गाडी समेत नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले राति करिब १ः४५ बजे चित्लाङस्थित इलाका प्रहरी कार्यालय चित्लाङको चेक पोइन्टमा सवारी साधन जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो। गोर्खा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको Omoda Jaecoo 6T मोडलको एसयूभी गाडी रोकी प्रहरीले जाँच गरेको थियो। सो क्रममा गाडीको पछाडिपट्टि…