२०८३ मंसिर ५, शनिबार १४:०९
२०८३ मंसिर ५, शनिबार १४:०९
हेटौंडा, मंसिर ५ गते । हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका ठूला तथा मझौला उद्योगहरूले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत छुट्याउने करोडौँ रुपैयाँ नगरवासीको हितमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने माग उठेको छ। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले हेटौंडा उपमहानगरपालिकालाई यस विषयमा विशेष पहल र नेतृत्व लिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले नगरभित्रका उद्योगहरूले कानुनअनुसार छुट्याउनुपर्ने CSR रकमलाई स्थानीय आवश्यकता र प्राथमिकतासँग जोड्नुपर्ने बताएका हुन्। महतका अनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५४ तथा औद्योगिक व्यवसाय नियमावली, २०७८ को नियम ४३ मा उद्योगहरूले खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम संस्थागत सामाजिक…