२०८३ मंसिर ७, सोमबार २२:३४
२०८३ मंसिर ७, सोमबार २२:३४
हेटौँडा, मंसिर ७ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क क्षेत्रमा निर्माण भइरहेको पारिजात घण्टाघरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माण कार्यले तीव्रता पाएसँगै आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्य लिइएको वडा कार्यालयले जनाएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाले निर्माणाधीन घण्टाघरको टुप्पोबाट मोबाइल मार्फत भिडियो खिच्दै यसको विशेषता र निर्माणको अवस्थाबारे जानकारी दिएका छन्। उनले भिडियोमा ‘ल, हेर्नुस्’ भन्दै घण्टाघरको टुप्पोबाट वरपरका विभिन्न स्थान देखाउँदै यस क्षेत्रको भौगोलिक अवस्थिति र दृश्यावलोकन गर्न सकिने जानकारी दिएका छन्। वडाध्यक्ष लामाका अनुसार निर्माण सम्पन्न भएपछि घण्टाघरको माथिल्लो भागबाट वडा कार्यालय, कोसेली…