२०८३ मंसिर ९, बुधबार १२:३२
२०८३ मंसिर ९, बुधबार १२:३२
पिप्ले चोक, मंसिर ९ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिकै रहेको द डोर होटल (THE DOORS HOTEL) मा आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। हिजो राति करिब ११ः३० बजे होटलमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासी, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। होटलको भान्साकोठा (किचन) र हल कोठामा लागेको आगो मंसिर ९ गते राति करिब १२ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीको वास्तविक कारण खुल्न नसकेको भए पनि विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने…