रौतहट। रौतहटमा जङ्गली बदेललाई मार्न राखिएको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। किसानले लगाएको बालीलाई बदेलले निकै दुःख दिन थालेपछि बदेल मार्नका निम्ति राखिएको धरापमा परी उक्त महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा वर्ष ४५ की फुलमतिया देवी रहेको प्रहरीले जानकारी दिएको छ। उनको मृत्यु भने स्थानीय सुशील विश्वकर्माको मकैको खेतमा जङ्गली बदेललाई मार्नका निम्ति लगाएको नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेका अवस्थामा सोही बखत उक्त बाटो हुँदै आउने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको थियो।
जब बदेल मार्नको निम्ति छापिएको धरापमा स्थानीय मृत अवस्थामा भेटेपछि सो घटनालाई लुकाउन सुशील विश्वकर्मा र जितेन्द्र पटेलले उक्त महिलाको सबलाई घटनास्थलबाट चार किलोमिटरको दुरीमा लगेर रामलाल साझेदारी वनमा लगेर खाडल खनेर गाडेका थिए।
प्रहरीका अनुसार जङ्ग छेउमा बनाएको गोठबाट फर्कने क्रममा फुलमतिया देवीको विद्युती धरापमा करेन्ट लागेर मृत्यु भएपछि घटनालाई लुकाई छिपाई गर्नको निम्ति दुवै जनाले सो दिमाग लगाएको बुझिएको छ। चैत्र १४ गते हराएकी महिलाको शव १९ गतेको दिन वनमा गाडिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले मृतक महिलाको कवितावासी गर्ने क्रममा उनको घर नजिकै मकैको बारीमा चप्पल र बिजुलीको तार फेला परेपछि दुवैजना व्यक्तिलाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै व्यक्तिलाई प्रारम्भिक अनुसन्धान प्रक्रिया पश्चात मात्र कर्तव्य ज्यान मुद्दातर्फ अनुसन्धान गर्ने प्रक्रियामा लैजाने प्रहरीले जानकारी दिएको छ।














