नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान

काठमाडौँ। नेपाली सुन चाँदी बजारमा फेरि आज सुनको भाउ कीर्तिमान भएको छ। सुनको भाउ आज एकै दिन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्न गएको हो। जसअनुसार सुनको भाउ आज प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाली सुनचादी व्यवसायी महासङ्घले जनाएको छ।

गएको चैत्र ३१ गते भने सुनको भाउ तोलाको १ लाख ८६ हजारमा कारोबार भएको थियो।

यस्तै आज फेरि चाँदीको भाउमा पनि मूल्य बढेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउमा भने तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.