मकवानपुरगढीमा रुखले च्यापिएर एक मजदुरको मृत्यु

हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा बिहीबार दिउँसो रुखले च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल मकवानपुरगढी–७ सुकौरामा डेरा गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, राम राई स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा अचानक रुख लडेर च्यापिएका थिए।

गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि हेटौंडास्थित मकवानपुर सहकारी अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.