प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी सचेतना कार्यक्रम हुने

उर्लाबारी। सामुदायिक विकास मंच उर्लाबारीको आयोजनामा र संरक्षण तथा आकार फाउन्डेसन उर्लाबारीको सहकार्यमा प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम शुक्रबार हुने भएको छ।

आज साझ उर्लाबारी ६ महारुद्र शिवालय मन्दिरको प्रांगणमा हुने कार्यक्रममा बाल विकास कन्सल्ट्यान्ट प्रिसिमा थापा द्वारा प्रारम्भिक बाल विकास तथा हेरचाह सम्बन्धि प्रशिक्षण दिईने सामुदायिक विकास मंच उर्लाबारीका अध्यक्ष प्रेम बोहोराले जानकारी दिए।

साथै उनले कार्यक्रममा उपस्थित भइ बालबालिकाको समुचित विकास र हेरचाह सम्बन्धी ज्ञान हासिल गर्न सम्पुर्ण नगरवासीमा आग्रह समेत गरेका छन । मंचका सचिव महेन्द्र बोहोराका अनुसार कार्यक्रमले अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई प्रारम्भिक बाल विकासका महत्वपूर्ण पक्षबारे जानकारी दिनेछ।

बालबालिकाको समुचित पालनपोषण र उनीहरूको समग्र विकासका लागि यस्तो खालका सचेतनामूलक कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.