बीरगञ्जबाट मकवानपुरको झरना ड्याममा घुम्न आएको सुमो गाडी ब्रेक फेल हुँदा दुर्घटना

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत रहेको भैंसे – २ मा आज सुमो गाडी पार्किङ गर्ने क्रममा ब्रेकफेल हुँदा दुर्घटना हुन पुगेको छ।

बीरगञ्जबाट बा ५ च ६५८६ नम्बर प्लेट भएको सुमो गाडी गर्मी छल्न प्यासेन्जर बोकी आएको बेला भैंसे २ मा रहेको झरना ड्याममा सबै यात्रु ओराली पार्किङ गर्ने क्रममा उक्त दुर्घटना हुन पुगेको हो।

उक्त सुमो गाडी सडकबाट लगभग ३/४ किलोमिटरको  खोल्सामा दुर्घटना हुन पुगेको छ। दुर्घटनाबाट मानवीय क्षति भने कुनै नभएको साथै सुमो चालक भने ब्रेकफिल हुने क्रममा हाम फालेर आफ्नो ज्यान बचाउन सफल भएको बताएको छ।

बीरगञ्जबाट लगभग ९ जना प्यासेन्जर बोकी मकवानपुरको भीमफेदी गाउँपालिका २ मा रहेको झरना ड्याममा घुम्न आएको बेला उक्त सुमो पार्किङ गर्ने क्रममा ब्रेक फेल भएको गाडीचालकले जानकारी दिएको छ।

त्यहाँ नजिकमा रहेको सशस्त्र आर्मीहरूले पनि उक्त सुमोलाई खोल्साबाट निकाल्न प्रयत्न गर्दा पनि सम्भव नभएको बताएको छ। खोल्साबाट सुमो बाहिर ननिस्केपछि सशस्त्र आर्मीहरुले त्यहाँ नै सुमोलाई छाडी पछि गएको स्थानीयहरूले जानकारी दिएको छ।

सुमो अहिले दुर्घटनास्थलमै रहेको जानकारीमा आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.