कानेपोखरीको जंगलमा भेटिए एक पुरुष मृत अवस्थामा

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–५ का एक पुरुष जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। निगुरो टिप्न भनी घरबाट हिँडेका ५२ वर्षीय जितलाल राजवंशी मङ्गलवार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत फेला परेका हुन्।

राजवंशी यही जेठ २ गते बिहान ७ः३० बजे घरबाट निगुरो टिप्न भन्दै निस्किएका थिए। तर, उनी त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। खोजी गर्ने क्रममा जेठ ६ गते आज बिहान ११ बजे घरदेखि करिब ५ किलोमिटर उत्तरतर्फ कानेपोखरी ७ स्थित राष्ट्रिय वनभित्र उनको शव फेला परेको हो।

शव फेला परेको सूचना पाए लगत्तै स्थानीयले इलाका प्रहरी कार्यालय कानेपोखरीलाई जानकारी दिएका थिए । सूचना प्राप्त हुने बित्तिकै प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय पथरीबाट थप प्रहरी टोली र फरेन्सिक टोली समेत घटनास्थल पठाइएको छ।

मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.