२०८२ जेष्ठ ६, मंगलवार २१:५८
२०८२ जेष्ठ ६, मंगलवार २१:५८
हेटौंडा। मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गौरीटारमा सडक भासिएर पुरिएको गाडी आज १९ दिनपछि गाडीको पाटपुर्जा भेटिएको छ। गत वैशाख १६ गते माछा बोक्ने बोलेरो गाडी सडक भासिदा उक्त स्थानमा पुरिन पुगेको थियो। आज १९ दिन समयपश्चात् पुरिएको बोलेरो गाडीको पाठपुर्जा भेटेको हो। प्रहरीका अनुसार आज बोलेरो गाडी भासिएको स्थानमा खोजी गरिएको जेसिबीले निकालिएको माटोको भागहरूमा गाडीको केही टुक्राहरू भेटिन थालिएको बताएको छ। जब गाडी भाँसियो त्यो दिनदेखि उक्त स्थानमा भूगर्भविधको विशेष टोलीले खोजीकारी गाडीको गरिरहेको थियो।