लोकसेवा आयोगद्वारा जेठ १५ गते हुने परीक्षा सारियो, अब जेठ २४ गते हुने

काठमाडौँ। लोकसेवा आयोगले भोलि जेठ १५ गते काठमाडौंमा सञ्चालन गर्ने तयारी गरेको परीक्षा स्थगित गरेको छ। उक्त दिन नेपाल विद्युत प्राधिकरणका विभिन्न समूह र पदहरूका लागि निर्धारण गरिएका परीक्षाहरू अब जेठ २४ गते हुनेछन्।

जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरूले विभिन्न प्रदर्शन तथा आन्दोलनको घोषणा गरेकाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी आयोगले यो निर्णय गरेको हो। परीक्षाका लागि करिब ५ हजार जनाले दरखास्त फारम भरेका छन्।

आन्दोलन र प्रदर्शनका कारण परीक्षार्थीहरूलाई पर्न सक्ने असुविधा र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै परीक्षाको मिति परिवर्तन गरिएको आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.