आज सुनको भाउ तोलामा ४ सयले वृद्धि,चाँदीको भाउ भने स्थिर

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज भने सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। जसअनुसार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ५ सय रुपैयाँ हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारसम्म सुनको भाउ तोलामा १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो। आज चाँदीको कारोबारमा भने कुनै पनि रकम घडबढ भएको छैन।

चाँदीको भाउ स्थिर नै रहेको छ। चाँदी आज प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.