मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

मकवानपुर। मकवानपुरमा आज गाँजा सहित एकजना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज ठूलो परिमाणमा लागू औषध गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार कैलाश गाउँपालिका वडा नम्बर ९, ठूलोबारीमा बस्ने वर्ष ५५ को अर्जुन रुम्बालाई १३८ किलो ३० ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिन सफल भएको जानकारी दिएको छ। रुम्बालाई आज दिउँसो करिब ३ बजेर ३० मिनेट जाँदा उनले लागू औषध गाँजालाई लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनको आफ्नो निवासबाट बसिरहेको अवस्थामा नियन्त्रण लिएको बताएको छ।

जब त्यहाँ प्रहरी पुगेपछि उनीमाथि परेको शङ्कको आधारमा थप अनुसन्धान प्रक्रिया बढाउने क्रममा उनले आफ्नो घर गोठमा घाँसले छोपेर लुकाइएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको जनाएको छ। उनको घरगोठबाट बरामद गरिएको उक्त परिमाणको लागू औषधी गाँजा सहित उनलाई नियन्त्रणमा लिएको हो। मकवानपुर जिल्ला प्रहरीले जिल्ला अदालत हेटौडाबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धानअघि प्रक्रिया बढाएको प्रहरीले जानकारी दिएको छ।

रूम्बाको घरमा उक्त परिमाणको लागू औषध गाँजा बरामद गरेपश्चात त्यस विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.