वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलमाथि हातपात गरेको आरोपमा पक्राउ परेकी मञ्जु तामाङ २ हजार रुपैयाँ धरौटीमा छुटेकी छन्। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आदेशमा तामाङ आइतबार धरौटीमा रिहा भएकी हुन्।

गत बिहीबार हेटौँडा–४ स्थित सडक निर्माणको अवलोकनका क्रममा वडाध्यक्ष सिग्देलमाथि तामाङले हातपात गरेकी थिइन्। निर्माण व्यवसायी समेत रहेकी तामाङले भिडियो बनाउन खोज्दा वडाध्यक्षले रोक्न खोजेपछि विवाद चर्किएको थियो।

यस घटनाको विरोधमा हेटौँडा उपमहानगरपालिकाले शुक्रबार एक दिन सेवा रोकेको थियो, जसको चर्को आलोचना भएको थियो। यसअघि हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि पनि कालो मोबिल प्रहार भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.