चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ। शरीरका केही अङ्गहरू नभएको अवस्थामा अन्दाजी ४५ देखि ५० वर्षका देखिने उक्त पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीका अनुसार, हालसम्म शवको पहिचान हुन सकेको छैन। यद्यपि, उक्त शव गत मंगलबार रसुवामा आएको बाढीले बेपत्ता पारेका व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ।
फेला परेको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 198














