देशका पहाडी भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं,साउन २९ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

मनसुन सक्रिय रहेकाले यसको न्यून चापीय रेखा अहिले तराई आसपास र पूर्वी नेपालमा तराईभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ। यसको प्रभाव स्वरूप गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज रातिको मौसमबारे जानकारी दिँदै महाशाखाले देशका पहाडी भू–भागमा सामान्य बदली र अन्य भागमा आंशिक बदली रहने उल्लेख गरेको छ। गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागसहित वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम रहन सक्ने, साना तथा ठूला नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएको छ। यस्तो परिस्थितिमा यातायात तथा आवागमन प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

सुरक्षाका उपाय स्वरूप स्थानीय बासिन्दालाई यात्रा गर्दा मौसमको अवस्था थाहा पाएर मात्र अगाडि बढ्न र सम्भावित जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.