Day: २०८२ श्रावण २९, बिहीबार २२:३२

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

नवलपुर चोरमारामा ट्रक र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते

नवलपुर, साउन २९ । नवलपुरको चोरमारामा आज साँझ भएको सवारी दुर्घटनामा परी एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुने र गम्भीर घाइते दुवै जना सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा कार्यरत रहेको खुल्न आएको छ। घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचार स्रोत: सामाजिक संजाल
Read More
राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

राजेन्द्र महतो र अशोक राई नेतृत्वको दलबीच कार्यगत एकता, नयाँ बानेश्वरमा हस्ताक्षर

काठमाडौं,साउन २९ राजधानीको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच कार्यगत एकता घोषणा गरिएको छ। कार्यक्रममा दुबै दलका अध्यक्षहरू राजेन्द्र महतो र अशोक राईले कार्यगत एकताको औपचारिक घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। यस एकतालाई आगामी दिनमा साझा एजेन्डा र आन्दोलनहरूमा सहकार्यका रूपमा लिइएको बताइएको छ। कार्यक्रममा दुबै दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहकार्यको यस प्रारम्भिक कदमले राष्ट्रिय राजनीतिमा नयाँ सम्भावनाहरूको संकेत गरेको विश्लेषण भइरहेको छ।
Read More
संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

संविधान विपरीत न्यायाधीश नियुक्ति विरुद्ध जनता समाजवादी पार्टीको विरोध

ललिपुर,साउन २९ । २०८२ साल साउन २२ गते न्याय परिषद्ले गरेको उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति सम्बन्धी निर्णयप्रति जनता समाजवादी पार्टी, नेपालले गम्भीर आपत्ति जनाएको छ। पार्टीले संविधानविपरीत नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै विरोध जनाउँदै आएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ कि संविधानले सुनिश्चित गरेको समावेशी, समानुपातिक नियुक्ति प्रक्रिया बेवास्ता गर्दै गरिएको नियुक्ति अस्वीकार्य छ। विज्ञप्तिमा उल्लेख छ कि महिला, दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, पिछडिएको वर्ग लगायतका समुदायलाई उपेक्षा गरिएको छ। पार्टीका अनुसार, यस्तो कार्यले मुलुकको जातीय सद्भाव र सहअस्तित्वमा गम्भीर असर पार्ने देखिन्छ। समावेशी लोकतान्त्रिक मूल्य र संविधानको मर्म विपरीत यस्ता निर्णयहरू भएकाले पार्टीले तीव्र विरोध गर्ने जनाइएको…
Read More
देशका पहाडी भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

देशका पहाडी भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं,साउन २९ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना रहेको छ। मनसुन सक्रिय रहेकाले यसको न्यून चापीय रेखा अहिले तराई आसपास र पूर्वी नेपालमा तराईभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ। यसको प्रभाव स्वरूप गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज रातिको मौसमबारे जानकारी दिँदै महाशाखाले देशका पहाडी भू–भागमा सामान्य बदली र अन्य भागमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.