काठमाडौं,साउन २९ राजधानीको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालबीच कार्यगत एकता घोषणा गरिएको छ।
कार्यक्रममा दुबै दलका अध्यक्षहरू राजेन्द्र महतो र अशोक राईले कार्यगत एकताको औपचारिक घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। यस एकतालाई आगामी दिनमा साझा एजेन्डा र आन्दोलनहरूमा सहकार्यका रूपमा लिइएको बताइएको छ।
कार्यक्रममा दुबै दलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सहकार्यको यस प्रारम्भिक कदमले राष्ट्रिय राजनीतिमा नयाँ सम्भावनाहरूको संकेत गरेको विश्लेषण भइरहेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 246














