हेटौंडा, भदौ १३ गते । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले नेतृत्वमा रहेका व्यक्तिहरूले कुनै पनि परिस्थितिमा निजि स्वार्थलाई प्राथमिकतामा राख्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै उनले सच्चा नेताले आफ्नो र परिवारको हितलाई सधैं देश र जनताको अधिनमा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
बज्राचार्यका अनुसार जिम्मेवारी बहन गर्ने नेताको प्रमुख कर्तव्य देश र जनताको सेवामा समर्पित हुनु हो। उनले भने, “एउटा कर्मठ नेताले पेट पालेर राजनीति गर्दछ, न कि राजनीति गरेर पेट पाल्दछ।”
उनको भनाइले व्यक्तिगत स्वार्थ भन्दा पनि सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा दिनुपर्ने विषयमा जोड दिएको देखिन्छ।
प्रतिकृया दिनुहोस्
Post Views: 192














