काठमाडौं, भदौ १८ गते । नेकपा (माओवादी केन्द्र)का युवा नेता मोहन नेम्बाङ (सञ्चार)को आज दिउँसो निधन भएको छ। काठमाडौँको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उपचाररत ४५ वर्षीय नेम्बाङको निधन भएको हो। उनलाई उच्च रक्तचापको समस्या रहेको जनाइएको छ।
नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य नेम्बाङ पूर्व जनमुक्ति सेनाका कुशल योद्धा तथा वैध माओवादीका जिल्ला सचिवसमेत रहेका थिए। पाँचथर फिदिम घर भएका उनी पछिल्ला वर्षहरू बिर्तामोडमा बस्दै आएका थिए।
उनका श्रीमती र ४ जना छोराछोरी रहेका छन्। नेम्बाङको शव काठमाडौँबाट ल्याएर भोलि बिहान ७ देखि ८ बजेसम्म बिर्तामोडस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा राखिने पार्टी स्रोतले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 243














