“काठमाडौँ मेयर बालेनद्वारा आतंकवादप्रति आक्रोश: ‘नेता त के मान्छे पनि बन्न सकिनस्’”

काठमाडौँ, भदौ २३ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हालै सामाजिक सञ्जालमार्फत् कठोर अभिव्यक्ति दिँदै आतंकवादप्रति आफ्नो आक्रोश पोखेका छन्। उनले आतंककारी गतिविधिलाई इतिहासमै नदेखिएको क्रुरता भन्दै त्यसको घोर विरोध गरेका छन्।

स्टाटसमा उनले भावुक हुँदै भनेका छन्, “तेरो भरौटेहरू को पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकिनस्।”

उनको अभिव्यक्ति देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा भइरहेका घटनाप्रति लक्षित भएको ठानिएको छ। मेयर शाहले आम नागरिकले भोगिरहेको पीडा र आतंकवादी गतिविधिले सिर्जना गरेको त्रासदीप्रति आफ्नो गम्भीर असन्तोष प्रकट गरेका छन्।

यसअघि पनि मेयर बालेनले सामाजिक मुद्दा, असमानता, अन्याय र विभेदविरुद्ध सामाजिक सञ्जालमार्फत् तिखो आवाज उठाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.