दमनकारी शक्तिको प्रयोग लोकतान्त्रिक मूल्य विपरीत: पत्रकार महासंघ

हेटौंडा, भदौ २४ गते । भ्रष्टाचार विरुद्ध, सुशासन र पारदर्शिताको मागसहित सोमबार राजधानीमा भएको शान्तिपूर्ण जेनजी सडक प्रदर्शनमा राज्यपक्षबाट गरिएको गोली प्रहारमा परी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले घटनाको घोर भत्र्सना गर्दै पत्रकार र नागरिकमाथि भएको दमन अस्वीकार्य भएको जनाएको छ। प्रदर्शनको समाचार संकलनका क्रममा पत्रकारहरू घाइते भएका छन् भने थाहा खबर कार्यालयमा तोडफोड भएको छ।

चितवनमा पत्रकारलाई नियन्त्रणमा लिने, अपशब्द प्रयोग गर्ने र भिडियो मेटाउने जस्ता घटनाप्रति पनि महासंघले आपत्ति जनाएको छ।

पत्रकार महासंघले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्नु लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको प्रत्यक्ष उल्लंघन भएको जनाएको छ। साथै, मृतकप्रति श्रद्धाञ्जलि, घाइतेहरूको निःशुल्क उपचार र निष्पक्ष छानबिनसहित दोषीमाथि कारबाही गर्न माग गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.