काठमाडौं, भदौ २६ गते । नेपाल तरुण दलले संविधानको रक्षा गर्न राष्ट्रपति सार्वजनिक रुपमा अगाडि आउनुपर्ने माग गरेको छ। राजधानीको चाबहिल क्षेत्रमा आज तरुण दलका कार्यकर्ताले प्रदर्शन गर्दै वर्तमान असामान्य राजनीतिक परिस्थितिमा संविधानको पक्षमा दृढ भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेका हुन्।

प्रदर्शनकारीहरूले नाराबाजी गर्दै संविधानको अवमूल्यन गर्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्ने चेतावनीसमेत दिएका थिए। उनीहरूले राष्ट्रपतिले निष्पक्ष र संवैधानिक भूमिकाबाट मुलुकलाई स्थिरतर्फ डोर्याउने अपेक्षा गरिएको बताएका छन्।
तरुण दलका नेताहरूले संविधानमाथि आक्रमण गर्ने प्रयासहरूमाथि सतर्क रहन सबै दल र नागरिकलाई आह्वान गर्दै लोकतन्त्र र संवैधानिक अभ्यासलाई सुरक्षित राख्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिकृया दिनुहोस्
Post Views: 117














