प्रदर्शनपश्चात भागेका अभियुक्त र कैदी–बन्दीलाई आत्मसमर्पण गर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं, भदौ २६ गते । हालै २०८२ साल भदौ २३ गतेपछि देशभर भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाइ तथा कारागार कार्यालयहरूमा तोडफोड र आगजनी भएको घटनापछि अनुसन्धानको क्रममा रहेका केही अभियुक्त र अदालतबाट सजाय भुक्तान गरिरहेका कैदी–बन्दीहरू कारागारबाट भागेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक सचिवालय नक्सालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा ती अभियुक्त तथा कैदी–बन्दीहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको कार्यालयमा तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूले यथाशीघ्र आत्मसमर्पण गर्नुपर्नेमा जोड दिँदै कानूनी कारबाही प्रक्रियाबाट बच्न नसकिने स्पष्ट पारेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.